तुलसीपुर,
२३ चैत । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न ठाउँमा भाइरसनासक औषधि छर्किएको छ । कोरोना भाइरसको संक्रमण कम गर्नका लागि उपमहानगरपालिकाले पहिलो चरणमा वढी भिडभाड हुने क्षेत्रमा औषधि छर्किरहेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले वताए ।
आज आइतवार तरकारी वजार, राप्ती प्रादेशिक अस्पताल लगाएको ठाउँमा औषधि छर्कने गरेको पनि वताए ।
रोटरी क्लव र रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीको व्यवस्थानमा उपमहानगरपालिकाले औषधि छर्कने काम गरेको हो । मानिसको बाक्लो वस्ति भएको र जमघट हुने वढी सम्भावना रहेका सबै क्षेत्रमा औषधि छर्कने रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष नविन राइले जानकारी दिए । उनले क्लवको तर्फबाट औषधिको व्यवस्था गरिएको वताए ।
सामाजिक संस्था भएकाले विपत्तिको समयमा जनतालाई केही राहत होस् भनेर औषधि छर्किएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देववहादुर केसीले जानकारी दिए । उनले क्लवका तर्फबाट अन्य सहयोग पनि गरिने वताए । दुवै क्लवहरुले यस क्षेत्रमा सामाजिक कामलाई अग्रता दिइरहेका छन् ।