२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

रूवि स्टोरद्धारा ९४ विपन्न घर परिवारलाई खाद्यान्न वितरण

शान्तिनगर,
२३ चैत ।
तुलसीपुर स्थित रूवि स्टोरका प्रोपाइटर यम रहमानले शान्तिनगर गाउँपालिका वडा नं. २ ढाँकाचौरका मुस्लिम तथा हिन्दु समुदायका ९४ विपन्न घर परिवार खाद्यान्न वितरण गरेका छन् ।

आज ढाँकाचौरमा आएर रहमानले वडा अध्यक्ष फर्साराम डाँगीको रोहवरमा लकडाउनले छाक टार्न समस्या परेका विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेका हुन ।

प्रति परिवार १० केजी चामल, २ केजी दाल, १ केजी सोयाविन, १ केजी नुन, १ केजी तेल र ५ केजी आटापिठो वितरण गरिएको थियो ।