शान्तिनगर,
२३ चैत । विपन्न परिवारलाई राहत वितरणमा सहजताका लागि शान्तिनगर गाउँपालिका वडा नं २ को वडा कार्यालयले मुल समिति र उपसमिति गठन गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउनले विपन्न परिवारलाई छाक टार्न समस्या परेको भन्दै आज बसेको सर्वदिलय बैठकले राहत विरणका लागि मुल समिति र उपसमिति गठन गरेको हो ।
वडा अध्यक्ष फर्साराम डाँगीको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले वडा कार्यालय मुल समिति र साविकका वडालाई उपसमितिमा राखिएको छ ।