२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

बबईका सबै वडामा हापुरे उबासंघको खाद्यान्न वितरण

देवी भण्डारी,
हापुरे २३ चैत ।
हापुरे उद्योग बाणिज्य संघले बबई गाउँपालिकाको ७ वटै वडामाण खाद्यान्न वितरण गर्ने भएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउनले विपन्न परिवारलाई छाक टार्न समस्या परेको भन्दै उद्योग बाणिज्य संघले खाद्यान्न वितरण गर्न लागेको हो । खाद्यान्न वितरणका लागि बबई गाउँपालिकाले एउटा गाडिको पास उपलव्ध गराउने भएको छ । बबई गाउँपालीकाको ७ वटै वडामा खाद्यान्न ढुवानीको लागी गाडीलाई पास दिने निर्णय गरेको हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आईतबारेले जानकारी दिए ।

बबई गाउँपालिकाका ७ वटै वडाका व्यापारीहरुले उद्योग वाणिज्य संघसंग समन्वय गर्न अध्यक्ष आइतबारेले अनुरोध गरेका छन् । साथै पास प्राप्त गाडीमा खाद्यान्न बाहेकका सामान ढुवानी गर्न पाईने छैन ।

यस्तै विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले मर्कामा परेका विपन्न वर्गका नागरिकलाई रेडियो हापुरले खाद्यान्न सहयोग गर्ने भएको छ । रेडियो हापुरे सञ्चालक समितिको आज बसेको बैठकले ३ विन्टल चामल सहयोग गर्ने निर्णय गरेको छ । विपन्न वर्गलाई थोरै भएपनि राहात होस भन्ने उदेश्यले खाद्यान्न सहयोग गर्न लागेको सञ्चालक समितिका अध्यक्ष ज्ञानप्रसाद आईतबारेले जानकारी दिए।