२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

प्रदेश ५ मा कोरोना सम्वन्धि सूचना दिन एप्स सञ्चालन

बुटवल,
२३ चैत ।
प्रदेश नं ५ सरकारले कोरोना भाइरससम्वन्धि सूचना थाहा पाउन र प्रदेशभरका सूचना पठाउनका लागि मोबाइल एप्स सुरु गरेको छ । मोवाईल एप्समार्फत प्रदेश पाँचका जो कसैले आफनो मोवाइलमार्फत एप्स डाउनलोड गरि आफ्नो र छरछिमेकको समेत कोरोनाका शंकास्पद गतिविधि बारे सरकारलाई सूचना दिनसक्नेछ ।

एप्स डाउनलोड गर्न cm.p5.gov.np मा गएर डाउनलोड गर्न सकिनेछ ।

एप्समा गएर नागरिकहरुले विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डअनुसारका प्रश्नहरुको जवाफ लेखेर पठाउने व्यवस्था गरिएको छ । सोही जवाफका आधारमा सरकारले कोरोनाको लक्षण भएनभएको पत्ता लगाई उसलाई सम्वन्धित निकायमा परिक्षण र उपचारका लागि सिफारिस गर्ने यो गोप्य रहने पाँच नं। प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो ।

एप्समार्फत सूचना प्रदेश सरकारमा जान्छ अनि सरकारले सम्वन्धित स्वास्थ्य निकायमा पठाउने व्यवस्था गरिएको भन्दै रेग्मीले स्वास्थ्यसम्वन्धि निकायले रिपोर्टका आधारमा स्वाव परिक्षण गर्नुपर्ने भए गर्ने वा क्वारेन्टाइनमा बस्न सुझाव दिने व्यवस्था गरिएको छ । एप्सले घरमै बसेर पनि प्रदेशका हरेक नागरिकले आफनो स्वास्थ्यबारे जानकारी लिने अवसर पाउनेछन । यस्तो व्यवस्थाले संक्रमित खोज्न र वेलैमा उपचारका लागि लैजान र अन्यमा सर्न बाट जोगाउने अपेक्षा गरिएको छ ।

साथै एप्सबाट देश र विदेशमा कोरोना संक्रमणका विषयमा थुप्रै सूचना लिन पनि सकिनेछ । ५ नं प्रदेशले एप्सको प्रयोग गरी स्वास्थ्य चेक गर्न र सचेत भएर घरभित्रै बस्न अपील गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।