देविराम कुसारी,
दाङ २४ चैत्र । कोरोनाका कारण सर्वसाधारणले भोग्नु परेको समस्या न्युनिकरण गर्ने उदेश्यका साथ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले सहयोग गर्ने क्रम जारी राखेको छ ।
दाङको घोराहीमा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले सहयोगकै क्रममा राजपुर गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकराज केसीसंगको समन्वयमा एकद्धार प्रणाली अपनाएर १० क्वीन्टल चामल गाउँपालिकाको विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको वित्तिय संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिएकी छिन्।
सरकारको राहत नीति र कार्यक्रमलाई सहयोग गर्न स्थानिय तहसंग समन्वय गरेर राहात वितरण गर्दे आएको र राजपुर गाउँपालिका संग पनि समन्वय गरेर चामल वितरण गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोकराज रेग्मीले जानकारी दिएका छन् । संस्थाले ४७ हजार बराबरको चामल संस्थाका शाखा अधिकृत दिनेश चौधरीले गाउँपालिकाका उपाध्यक्ष धनपति यादवलाई अस्तान्तरण गरेका हुन् ।
दाङको राजपुर गाँउपालिकामा गरेको यो सहयोगसंगै महिला सामुदायिक लघु वित्तिय संस्थाले तीन लाख १० हजार दुई सय ५० रुपैयाको राहात सहयोग प्रदान गरेको छ । संस्थाले गर्ने सहयोगको क्रम अझै जारी रहने र अन्य स्थानिय निकायसँग समन्वय गरी आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी गराएकी छिन् ।