२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

लकडाउन अवधिभर गाउँमा नआउन बाटो बन्द

छबि कुमार वली,
शान्तिनगर
२४ चैत । पश्चिम दाङको शान्तिनगर गाउँपालिका १ नयाँबस्तीमा ‘लकडाउन’ अवधिभर कोहि पनि गाउँमा नआउन नयाँबस्ती–गुण्डले सडकखण्डको मुख्य बाटोलाई बन्द गरिएको छ ।

कोरोना भाईरस संक्रमणबाट मानवजातीलाई संकटमा पार्न सक्ने जोखिमलाई रोक्न सरकाले गरेको ‘लकडाउन’ अवज्ञा गर्दै भिडभाड गर्ने, गाउँमा आवतजावत गर्ने तथा घुमफिर गर्नेको संख्या बढेपछि गाउँलेले नै बाँस गाडेर मुख्य बाटो बन्द गरेका हुन् ।

कोरोनाको त्रासले आफ्नै परिवार एकआपसमा बस्ने अबस्था छैन । तुलसीपुर–सुर्खेत सडक खण्डको शान्तिनगर गाउँपालिकाको वडा नंं. १ मा पर्ने नयाँबस्तीबाट गुण्डले जाने सो सडकमा ‘लकडाउन’ को अवज्ञा गरी गाउँमा अनाबश्यक डुलुवा मानिसहरुको आवतजावत बढेपछिपछि सो बाटो बन्द गरिएको स्थानीयले बताएका छन् ।