२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

उपभोक्तालाई संक्रमणबाट बचाउन साबुन वितरण

शिबप्रसाद उपाध्याय,
बबई २४ चैत ।
बबई गाउँपालिका वडा नं ७ स्थित सातपोखरी सामुदायिक बन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरूलाई निःशुल्क साबुन वितरण गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि साबुन पानिले सफासँग हात धुनुपर्छ भन्ने उद्येश्यले सामुदायिक बनका करिब ५ सय घरधुरी उपभोक्तालाई प्रति घर ४ वटा सावुन वितरण गरेको हो । बनका अध्यक्ष पोखरसिंह घर्तीको नेतृत्वमा गएको एक टोलीले घरमा सावुन वितरण गरेको हो ।

सावुन पानीले हात धुने तरिका स्थानिय स्वयमसेविका सुनिता बस्नेतले उपभोक्तालाई सिकाएको बनका सचिव खुमा वलीले जानकारी दिइन् ।