२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

खेतमा मृत अवस्थामा महिलाको शव फेला

देउखुरी,
२४ चैत । दाङमा एक महिलाको शव फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ६ छोट्की महरुवामा  अन्दाजी ४५/४६ बर्षीया महिलाको नम्किन कम्पनी देखि पश्चिम खेतमा मृत अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

मृतकले रातो बुट्टे कुर्ता, हरियो सुरुवाल र रातो फित्ता भएको चप्पल लगाएकी ती महिला मादक पदार्थ सेवन गरेर हिड्ने गरेको लमही नगरपालिका वडा नम्बर ६ छोट्की महरुवा टोल बिकास समितिका अध्यक्ष टेक बहादुर महराले बताए ।