दाङ,
२४ चैत । नेपाली काँग्रेसका नेता एबम् पूर्ब सांसद गेहेन्द्र गिरीले कोरोना भाईरस संक्रमणबाट बँच्न र अरुलाई बचाँउन सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्न आह्वान गरेका छन् ।
सोमबार बिज्ञप्ती जारि गरी गिरीले बिश्वभर फैलिदै गरेको कोरोना भाईरसको संक्रमणले महामारी रुप लिएको छ, स्वास्थ्य क्षेत्रमा समेत अग्रस्थानमा रहेका बिकशित राष्ट्र अमेरिका ,युरोपिका बिभिन्न देश, बेलायत, छिमेकी चिन र भारत लगायतका देशमा ठुलो संख्यामा मानिसले ज्यान गुमाएका छन् भने हजारौ संक्रमीत भएका छन् । तर नेपालमा ९ जनामा संक्रमण देखिएको र कसैले ज्यान गुमाउन परेको छैन्, यो अबस्थामा एकान्तबास अर्थात लकडाउन नै संक्रमणबाट बच्ने यसको उपयुक्त बिकल्प हो भन्ने चिकित्सकहरुले बताएको हुँदा यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् ।
त्यस्तै, श्रम गरी दुईछाक टार्ने बिपन्न समूदायको पहिचान गरी राहतका कार्यक्रम तत्काल उपलब्ध गराउन समेत सरकारसँग माग गरेका छन । उपभोग्यबस्तुको आपुर्तिलाई ब्यबस्थित गराउन ब्यबसायि, स्थानिय प्रशासन, स्थानिय सरकार, प्रदेश सरकार लगायतका सरोकारवाला पक्षसँग पूर्ब सांसद गिरीले बिज्ञप्तीमार्फत उनले आग्रह गरेका छन ।