२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

शान्तिनगरमा आजदेखि राहत वितरण सुरू

शान्तिनगर,
२४ चैत ।
शान्तिनगर गाउँपालिकाले आजदेखि अति विपन्न परिवारलाई राहत सामाग्री वितरण सुरू गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारले गत ११ गतेदेखि लकडाउन गरेपछि दैनिक मजदुरी गरेर खाने अति विपन्न परिवारलाई छाक छार्न समस्या परेको भन्दै शान्तिनगर गाउँपालिकाले खाद्यान्न वितरण गर्न सुरू गरेको हो ।

केहि दिन अघि राहत वितरणका लागि दैनिक मजदुरी गरेर खाने अति विपन्न परिवारको तथ्याङ्क सङकलन गर्न लागि गाउँपालिकाले वडालाई जिम्मा दिएको छ । गाउँपालिकामा तथ्याङ्क पुर्याएका वडाहरूले आजदेखि खाद्यान्न वितरण सुरू गरेका हुन । आज वडा नं ५ र ६ ले खाद्यान्न वितरण गरेको वताइएको छ । वडा नं ६ ले वडा भित्र मजदुरी गरेर छाक टार्ने ६६ घर परिवार मध्य आज ३६ घर परिवारलाई प्रति परिवार २५ केजी चामल, ४ केजी दाल, १ केजी तेल र १ केजी तेल वितरण वडा अध्यक्ष रवि बुढाथोकीले जानकारी दिए ।

बाँकी रहेका घर परिवारलाई भोली राहत वितरण गरिने उनले बताए । यस्तै वडा नं ५ ले पनि घर गएर खाद्यान्न वितरण गरेको छ । वडा कार्यालयमा वितरण गर्दा धेरै भिड हुने भएकाले गाडिमा घरमै गएर अति विपन्न परिवारलाई गाउँपालिकाले लागु गरे बमोजिम राहत सामाग्री वितरण गरेको वडा अध्यक्ष गिरिराज बस्नेतले जानकारी दिए ।

भोलि देखी अन्य वडाहरूले पनि राहत सामाग्री वितरण गर्ने बताइएको छ ।