२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

कोरोना आशंका गरिएका व्यक्तिको उपचारको क्रममा मृत्यु

बुटवल,
२५ चैत ।
कपिलवस्तु अस्पालतालको आइसोलेसनमा राखेर उपचार गरिएको एक बिरामीको मृत्यु भएको छ।

सोमबार साँझ ८ बजे विजयनगर गाउँपालिका २ जलैयाका ३० वर्षीया गोवर्द्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुपेरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए। कोरोना परीक्षणका लागि मृतकको थ्रोट स्वाब संकलन गरी काठमाडौं पठाउने तयाारी हुँदै गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका मेसु डा बञ्जाडेका अनुसार मृतक पहिल्यैदेखि मुटु र फोक्सोको समस्याले ग्रसित थिए। उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्ने जस्ता लक्षण देखिएपछि कोरोना आशंकामा शनिबार मात्रै आइसोलेसनमा भर्ना गरिएको थियो। बिरामीलाई शुक्रबार चन्द्रौटाको एक स्थानीय अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाइएको थियो।