२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

लकडाउन अवज्ञा गर्नेलाई पक्राउ गर्न ‘स्टिकी क्याच’को प्रयोग

दाङ,
२५ चैत
। कोरोना भाइरसको संक्रमणबाट बच्न लागु गरिएको लकडाउन अवज्ञा भएपछि दाङमा प्रहरीले ‘स्टिकी क्याच’बाट पक्राउ गर्न शुरू गरेको छ । अत्यावश्यक कामबाहेक बिना काम घर बाहिर हिँडेकाहरुलाई वडा प्रहरी कार्यालय घोराही आफैले निर्माण गरेको स्टिकी क्याचको सहायताले समात्न शुरू गरेको हो ।

सोमबार प्रहरीले १२ जनालाई लट्ठीको सहायताले पक्राउ गरेको छ । जसमा ८ जना पुरूष र ४ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन । बाटोमा हिँडिरहेकाहरु कोरोना भाइरसबाट संक्रमित पनि हुनसक्ने भएकाले सोझै समात्दा प्रहरीमा पनि संक्रमण हुने खतरा रहने भएकाले प्रहरीले आफै बनाएको लट्ठीको सहायताबाट समात्न थालेको प्रहरीले बताएको छ ।

अनावश्यकरुपमा धेरै मान्छे सडकमा हिड्दा लकडाउन प्रभावकारी नहुने भएकाले यस्तो उपाय अपनाइएको प्रहरीको भनाइ छ ।