२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सामुदायिक वनद्धारा खाद्यान्न र साबुन सहयोग

बबई,
२५ चैत ।
बबई गाउँपालिका वडा नं ६ स्थित बाघदैला चिसापानी सामुदयिक वन उपभोक्ता समितिले खाद्यान्न र साबुन वितरण गरेको । विश्वव्यापी रुपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले अति विपन्न परिवारलाई छाक टार्न समस्या परेको भन्दै राहत स्वरूप खाद्यान्न वितरण गरेको हो ।

प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन ४० अति विपन्न घर परिवार वितरण गरेको सामुदायिक वनका सेबेन्द्र देवकोटाले जानकारी दिए । थप २० घर परिवारलाई राहत वितरण गर्न लागेको अध्यक्ष देवकोटाले जानकारी दिए ।

यस्तै बनमा आबद्ध करिब ७ सय उपभोक्तालाई ३÷३ वटा हात धुने साबुन र १÷१ वटा भाँडा मिस्ने साबुन वितरण गरी सचेतना दिइएको थियो ।