काठमाडौं,
२५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।
मंगलबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यो अवधि कोरोनाको लक्षण प्रकट हुने मात्र होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रीत गरौं ।’
यसै साताबाट प्रयोग ल्याइएको र्यापिड डायग्नोस्टिक टेष्टले पनि समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन सहयोग पुग्ने उनको विश्वास छ ।