२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

एन प्याव्सन तुलसीपुरद्वारा १ लाख वढी आर्थिक सहयोग

तुलसिपुर,
२५ चैत्र ।
एन प्याब्सन तुलसीपुरले कोरोना भाईरसबाट समस्यामा परेका नगरवासिहरुको सहज जीवन यापनका लागि रु. १ लाख वढी आर्थिक सहयोग गरेको छ ।

एन प्याव्सन तुलसिपुरले आफ्ना सदस्य विद्यालयहरुवाट संकलन गरेको नगद रु. एकलाख एक हजार एक सय एक रुपैया सहयोग रकम आज तुलसिपुर नगर अध्यक्ष शालिकराम कार्कीले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्तानतरण गरेका थिए ।

उक्त सहयोग रकमले नगरमा रहेका गरिव तथा विपन्न परिवारको जीवन यापनमा सहजता आउने अपेक्षा एन प्याव्सनले लिएको छ । उक्त अवसरमा बोल्दै मेयर पाण्डेले सहयोग रकमले कोरोना भाईरसले गर्दा लकडाउनमा परी समस्यामा परेका नगरवासिहरुको समस्या समाधानमा सहयोग पुग्ने भन्दै धन्यवाद प्रकट गरे ।

सो अवसरमा एन प्याव्सनका केन्द्रीय सदस्य प्रबाशकुमार शर्मा, दाङ जिल्ला अध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।