२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

वडा कार्यालयद्धारा राहत वितरण सुरु

उरहरी,
२५ चैत ।
तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयले कोरोना भाईरसका कारण प्रभावित विपन्न तथा मजदुरी गरी छाक टार्ने घरधुरीलाई राहत वितरण गर्न सुरु गरेको छ ।

टोल विकास संस्थाबाट सिफारिस भई आएका त्यस्ता व्यक्तीहरुलाई वडा कार्यालयले आजदेखि राहत वितरण शुरु गरेको वडा सदस्य सुवास डाँगीले जानकारी दिए । वडा अध्यक्ष चित्र वहादुर वली लगायत जनप्रतिनिधिहरु, वडा कार्यालयका कर्मचारी तथा प्रहरी प्रशासन र टोल विकास संस्थाका प्रतिनिधिको रोहवरमा आज वडाको सुकौरा, वेलगनार, घोराडवरा र नवलपुर गाउँका विपन्न तथा मजदुरी गरि छाक टार्ने ४३ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

टोलबाट सिफारिस भए अनुसार २०० घरपरिवार मध्ये आज मात्रै ४३ घरपरिवारलाई राहत वितरण गरिएको र अन्य गाउँकालाई क्रमशः भोली र पर्सी सम्म राहत वितरण गरिने वडा कार्यालयकी सचिव लक्ष्मी रानाले जानकारी दिईन् । टोल विकास संस्थाबाट २०० जनाको सिफारिस भएपनि उपमहानगरपालिकाले १०० जनाका लागी मात्रै राहत उपलव्ध गराएपछि उक्त राहत आधा आधा गरी २०० घरपरिवारलाई पु¥याउने गरी वितरण सुरु गरिएको वडा अध्यक्ष चित्र वहादुर वलीले बताए।

वडा अध्यक्ष वलीका अनुसार राहतको रुपमा प्रति घरपरिवार ३० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा सावुन वितरण गर्ने भनिएकोमा उपमहानगरपालिकाले हाललाई १ सय जनालाई मात्रै राहत उपलव्ध गराउन सकिने भनेपछि आधा–आधा वितरण गर्नुपरेको हो ।