२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

गढवामा राहत वितरण गर्न सर्बदलिय बैठक

गढवा,
२५ चैत्र ।
कोभिड १९ कोरोना भाइरस महामारीका कारण देशमा भएको लकडाउनबाट प्रभावित बिपन्न र ज्याला मजदुुरी गरी छाकटार्ने नागरीकहरुलाई पहिलो चरणको राहात उपलब्ध गराउन गढवा गाउँपालिकामा मंगलबार कार्यपालिका सहितको सर्बदलिय बैठक सम्पन्न भएको छ ।

राहत वितरणमा पारदर्शिता अपनाउन वडा अध्यक्षको संयोजकत्वमा गठित सर्बदलिय सर्बपक्षिय वडा समन्वय समितिले तयार गरेका नामावलीमाथी छलफल गरी भोली २६ गतेबाट प्रदेश सरकारको राहत वितरण मापदण्ड बमोजिम राहत वितरण कार्य सुुरु गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

जस अनुुसार पालैपालो सबै वडाहरुमा खाद्यान्न गाउँपालिकाले पुुर्याउने र वडा स्तरमा गठित समन्वय समितिले वितरण गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । बितरण गरिने राहातमा प्रतिघरधुरी २५ किलो चामल, २ किलो दाल, २ लिटर तेल र १ पोका नून रहनेछ ।