२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पालिकासंगको समन्वयमा मात्र राहत वितरण : प्रशासन

दाङ,
२५ चैत ।
जिल्ला प्रशासन कार्यालय दाङले राहत वितरणलाई स्थानीय तहसँगको समन्वयमा मात्र वितरण गर्न सवैमा आग्रह गरेको छ । ‘राहत वितरणको नाममा जथाभावी, आफूखुशी राहत संकलन र वितरण गर्ने गरेको बुझिन आएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले आज मंगलवार जारी गरेको सुचनामा भनिएको छ ‘यो कार्य सरकारको नीति विपरित हो, यस्तो कार्य तत्तकाल रोक्नु पर्छ ।’

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण ज्याला मजदुरी गरी खाने अती विपन्न तथा सिमान्तकृत वर्गलाई अप्ठेरो परेको भन्दै पालिकासँगको समन्वयमा मात्र राहत वितरण गर्न जिल्ला प्रशासन कार्यालयले सूचनमार्फत सवैमा आग्रह गरेको छ । सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउन बैशाख ३ गतेसम्म जारी रहने छ । सोमवारमात्र सरकारले लकडाउनको समय ८ दिन थप गरेको थियो ।