२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

भारतीय क्वारेन्टाइनमा कैदीबन्दी जस्तै कष्टकर अवस्थामा नेपाली

बाँके,
२५ चैत ।
लकडाउनका कारण स्वदेश फर्कन नपाएका नेपालीहरु भारतीय क्वारेन्टाइनमा कष्टकर अवस्थामा बसिरहेको पाइएको छ। भारतको नानपारास्थित क्वारेन्टाइनमा ३० जना नेपाली छन्। उनीहरुले आफूहरु कैदीबन्दी जस्तै बस्नुपरेको गुनासो गरेका छन्।

सामाजिक दूरी कायम नगरी अव्यवस्थीत तरिकाले राख्दा उल्टै बिरामी हुन लागेको कैलाली भजनी(३ कुसुमघाटका नरबहादुर साउदले बताए । आफूलगायत नेपालीले पीडा भोगेको भन्दै उनले उद्धारका लागि आग्रह गरेका छन्।

क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनले तोकेअनुरुप कुनै मापदण्ड नभएको उनको भनाइ छ । ३० जना नेपाली एकैठाउँ कोच्चिएर बस्नुपरेको छ, कान्तिपुरसँग टेलिफोन वार्तामा उनले भने, कमसल खाना खुवाइएको छ। भारतले पनि लकडाउन गरेपछि नेपालतर्फ आउँदै उनीहरुलाई भारतीय पक्षले यही क्वारेन्टाइनमा राखेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालीले सीमापारि क्वारेन्टाइनमा पाएको कष्टबारे केन्द्रमा कुरा राखिसकेको बताए। यस्तो समस्या अन्य सीमामा समेत भएको भन्दै उनले दार्चुलामा अझै भयानक अवस्था देखिएको जानकारी गराए। ‘हामी समस्या बुझेर समाधानका लागि केन्द्रमा पहल गरिरहेका छौं, उनले भनेको खबर कान्तिपुरमा प्रकाशित छ ।