२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

विकट बस्तीका घरघरमै पुगेर राहत वितरण


शान्तिनगर,
२६ चैत ।
शान्तिनगर गाउँपालिका वडा नं १ र २ ले आज अति विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लनडाउलने दैनिक जीवन निर्वाह गर्न समस्या परेकालाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो । मंगलबारदेखि सुरु गरिएको खाद्यान्न वितरणमा १ नं वडाले अति विपन्न ९० घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको वडा अध्यक्ष जंग बहादुर पुनले जानकारी दिए ।

वडामा धेरै भिड हुने भएकाले घर घरमा गाडिको व्यवस्था गरी खाद्यान्न राहत वितरण गरिएको हो ।

मंगलबार शान्तिनगर १ का बिकट क्षेत्र मानिने हल्दे, पेदिखोला, हारीचार, बाँझबिसौनामा विपन्नका घरमै गएर राहत वितरण गरिएको पनि अध्यक्ष पुनले जानकारी दिए ।

यस्तै वडा नं २ का अति विपन्न ९० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको वडा अध्यक्ष फर्साराम डाँगीले जानकारी दिए । सर्वदलिय बैठकको निर्णय अनुसार सो परिवारलाई खाद्यान्न राहत वितरण गरिएको वडा अध्यक्ष डाँगीले बताए । राहत वितरणमा वडा नं २ का वडा सदस्य तथा स्थानिय युवा क्लवहरूले सहयोग गरेका थिए ।

ती वडामा प्रति परिवार २५ केजी चामल, ३ केजी दाल, १ केजी तेल र १ केजी तेल वितरण गरिएको बताइएको छ ।