२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु, करिब ४ लाख संक्रमित

एजेन्सी,
२६ चैत ।
कोरोनाभाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।