२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

भारतबाट ल्याइएका केरा पनि क्‍वारेन्टाइनमा

दाङ,
२६ चैत ।
भारतको महाराष्ट्रबाट ल्याएका केरालाई दाङमा क्‍वारेन्टाइनमा राखिएको छ। घोराहीका एक स्थानीय व्यापारीले मगाएको एक गाडी केरालाई दाङ उद्योग वाणिज्य संघ, स्थानीय जनप्रतिनिधि, वडा प्रहरी कार्यालयको रोहबरमा पसलमा ताला लगाएर राखिएको छ।

भारतको महाराष्ट्रबाट ल्याइएको केरा रहेछ, घोराही १४ का वडाध्यक्ष शक्तिराम डाँगीले भने, ‘महाराष्ट्रमा कोरोनाको संक्रमण बढिरहेकाले केरा ल्याएर राखिएको पसलमै गएर ताला लगाएर राखिएको छ, उनले भने। व्यापारीले कानुनी प्रक्रिया पूरा गरी ल्याएका भए पनि कोरोना संक्रमति ठाउँबाट ल्याएको हुनाले त्यो तत्काल बिक्री गर्नु हुँदैन भनेर ताला लगाइएको उनले बताए।