२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

मानव बेचबिखन मुद्दामा दोषी कैदीबन्दीको मृत्यु

परासी,
२६ चैत ।
पश्चिम नवलपरासीमा एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार परासीमा सजाय भुक्तान गरिरहेका रुपन्देहीको रानिबगियाका ३५ वर्षीय शिवराज परियारको मृत्यु भएको हो ।

जन्डिसको बिरामी रहेका उनको उपचारका क्रममा आज बुधबार बिहान पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए ।

मानव बेचबिखन मुद्दामा दोषी पाइएपछि १० वर्षको जेल सजाय सुनाइएका उनलाई २०७२ साल भदौ १० परासीस्थित कारागारमा ल्याइएको थियो । उनी विगत १०÷१२ दिनदेखि बिरामी रहेको जेलर जगत बस्नेतले बताए ।

मृत्यु के कति कारणले भएको हो भन्ने बारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै एकिन हुने कारागार प्रशासनले जनाएको छ ।