२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

जिल्ला क्वारेन्टाइन अनुगमन समिति दाङको अनुगमन

प्रिया स्मृती गजमेर,
दाङ २६ चैत्र ।
जिल्ला क्वारेन्टाइन अनुगमन समिति दाङले जिल्ला भरी रहेका क्वारेन्टाइनको स्थलगत अनुगमन र अबलोकनमा निस्किएको छ । जिल्लामा रहेका क्वारेन्टाइनको अबस्था बुझ्न अनुगमन थालिएको नेपाली सेना दुर्गा दल गण दाङका सेनानी श्याम थापा क्षेत्रीले जानकारी दिए । त्यो समितिले दाङ जिल्ला भरि रहेका क्वारेन्टाइनको अबस्था बुझ्ने छ ।

केहि दिन अघि जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको नेतृत्वमा पहिलो पटक अनुगमन भैसकेको छ । कोरोना भाइरसका शंकास्पद बिरामीलाई राख्नका लागि छनोट भएका भवन, उनीहरुलाई सुत्ने बस्ने बेड बिस्तराको अबस्था कस्तो छ, खानेपानी, बिजुली बत्तिको अबस्था के कस्तो छ र त्यस क्वारेन्टाइनमा आउनेहरुको रेखदेखमा स्वास्थ्यकर्मीको पहुच कस्तो छ भनेर अनुगमन थालिएको हो ।

आज बुधवार जिल्ला क्वारेन्टाइन अनुगमनका सात सदस्यीय समितिले देउखुरीका लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा र राप्ती गाउँपालिकाको अनुगमन गरिएको हो । जिल्ला प्रसासन कार्यालय दाङ्गका प्रशासकीय अधिकृत अम्मरराज शर्मा, जिल्ला स्वास्थ्य कार्यालय दाङ, नेपाल प्रहरी, राष्ट्रिय अनुशन्धान प्रहरी, सशस्त्र प्रहरी लगायतले स्थलगत अनुगमन गरेका छन् ।