२०७८ बैशाख २९ गते बुधवार
२०७८ बैशाख २९ गते बुधवार

शान्तिनगरमा राहत वितरण गर्ने क्रम जारी

शान्तिनगर,
२७ चैत ।
शान्तिनगर गाउँपालिकाले कोरोना प्रभावित विपन्न परिवारलाई राहत वितरण गर्ने क्रम जारी राखेको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनले दैनिक जीवन निर्वाह गर्न समस्या परेकालाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो ।

शान्तिनगर गाउँपालिकाका वडा नं. १, २, ५ र ७ मा मंगलबारदेखि राहत वितरण सुरु भईसकेको छ ।

यस्तै वडा नंं. १ मा आज बुधबार बर्दीकोट, बाघमारा, खज्जर, देबिडाँडा, बसिन्डाँडा, आरुखुटी, सालघारी, कालापोखरा, कल्लेखारा, बान्द्रेखोला, तिनुखाराका ८० विपन्न घर परिवारहरुलाई राहत वितरण गरिएको वडा अध्यक्ष जंग बहादुर पुनले जानकारी दिएका छन् ।

वडामा धेरै भिड हुने भएकाले घरघरमा गाडिको व्यवस्था गरी खाद्यान्न राहत वितरण गरिएको हो । राहतमा प्रति परिवार २५ केजी चामल, ३ केजी दाल, १ केजी तेल र १ केजी तेल वितरण गरिएको छ ।