२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दंगिशरणमा राहत दिनेमा महिला सामुदायिक लघुवित्त पहिलो

दाङ,
२६ चैत्र ।
दांगिशरण गाउँपालिकामा राहत प्रदान गर्नेमा महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड नै पहिलो संस्था भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनवाट परेको शंकट मोचन गर्नका लागि महिला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेडले सबै भन्दा पहिला राहात प्रदान गरेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालकाको समन्वयमा ४२ हजारको १० क्विइन्टल चामल संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले गाउँपालिकाका जिन्सि व्यवस्थापक मस्तविर चौधरीलाई राहात प्रदान गरेका हुन ।

गाउँपालकामा अहिलेसम्म कुनै पनि संस्थाले राहात प्रदान नगरेको गाउँपालिकाले जानकारी दिएको छ । अहिलेको अवस्थामा महिला सामुदायिकको यो राहातले गाउँपालिकालाई ठुलो सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले वताए । अहिले विपन्नको छनोट भैरहेको वताउँदै सबैको तथ्यांक संकलन र खाद्य सामाग्री जम्मा भएपछि एकद्वार प्रणालिवाट राहत वितरण गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।

त्यसैगरी संस्थाले तुलसीपुर उममहानगरपालिकालाई पनि राहत प्रदान गरेको छ । संस्थाका बरिष्ठ प्रवन्धक लोकमणी रेग्मी, वजार व्यवस्थापक कमलाकान्त दाहाल र सञ्चार अधिकृत देविराम कुसारीले ६३ हजारको १५ क्विइन्टल चामल नगरपालिकाका प्रमुख धनश्याम पाण्डेलाई राहात प्रदान गरेका हुन् । राहतले स्थानिय जनताको समस्या सामाधानमा सहयोग पुग्ने वताउँदै प्रमुख पाण्डेले यतिवेला देखिएको मनोसामाजिक समस्याका वारेमा पनि समन्वयकारी भुमिका खेल्दिन वरिष्ठ प्रवन्धक रेग्मिसंग आग्रह गरे ।

मनोसामाजिक समस्या समाधानका वारेमा संस्थासंग तालिम प्राप्त मनोविमर्षकर्ता पनि भएको वताउँदै सकारात्मक सहयोग गर्न तयार रहेको बताएका थिए ।