दाङ,
२६ चैत । बेलझुण्डीको आयुर्वेद शिक्षण भवनको कोरोना विशेष अस्पतालमा विरामीको सेवालाई मध्येनजर गर्दै आईसियु सहितको भेन्टिलेटर सेवा पनि सुरु गरिएको छ ।
आपतकालिन अवस्थामा आईसियुु सहितको भेन्टिलेटर सेवा आवश्यक पर्ने भएकाले अस्पतालले तत्काल उक्त सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको अस्पतालका सदस्य सचिव तथा राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सर्वेश शर्माले बताउनुभयो ।
सदस्य सचिव डा. शर्माले विशेष अस्पतालले गम्भीर प्रकृतिका विरामीहरुलाई विशेष स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले तत्कालका लागि दुईवटा आईसियुसहित कक्ष सहितको दुईवटा भेन्टिलेटर जडान गरेको जानकारी दिनुभयो ।
चैत १२ गतेदेखि सेवा सञ्चालनमा आएको विशेष अस्पतालले करिव दुईसातामै स्तरीय सेवा फेर्ने प्रयास गरेको बताउनुभयो ।