२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान


प्रिया स्मृती गजमेर,
देउखुरी २६ चैत्र ।
स्ट्रोम फाउन्डेसनको सहयोगमा मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्र सिड्स कार्यक्रमद्वारा राजपुर गाउँपालिकालाई मेडिकलका सामाग्री प्रदान गरेको छ ।

कोरोना रोकथामका लागि आज बुधवार १० थान हस्पिटल बेड, ५ थान पिपिइ, २ थान थर्मो गन, १ सय थान सेनिटाइजर र एक सय थान सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

त्यस्तै कोरेन्टाइनका बाल्टी, मग, डस्टिबिन लगायतका सामाग्री सहयोग गरेको हो । साथै २२ हजार सचेतना पर्चा, ५० वटा सचेतना फ्ल्याक्स ब्यानर पन्ध्र सय पिस साबुन, तीन सय पचास थान मास्क यस अघि समुदायलाई प्रदान गरिसकेको छ ।

राजपुर गाउँपालिकाको सहकार्य तीन वटा स्थानीय रेडियोबाट कोरोना रोकथामको सचेतना सुचना प्रशारण भैरहेको छ । कोरोना रोकथाम गर्न राजपुरमा क्रियाशिल विभिन्न सामाजिक संघ संस्थाले प्रयास गरिरहेका छन ।