२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

अग्नि पिडितलाई काँग्रेस भातृ संगठनको राहत प्रदान


प्रिया स्मृती गजमेर,
देउखुरी २६ चैत्र ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल दलित संघ दाङ क्षेत्र नं. १ देउखुरीले संयुक्त रुपमा गढवाका अग्निपिडितलाई सहयोग गरेको छ ।

आगलागी जस्तो दैबिक प्रकोप सहेर बसेको अग्निपिडितको घाउमा थोरै भए पनि मलमको काम गर्ने नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष किरण पौडेलले बताउनु भयो । थोरै सहयोगले पीडितलाई राहत हुने भएकोले सहयोग गरेको सभापति पौडेलले बताए ।

गढवा गाउँपालिका वडा नं. ६ मनिकापुरमा गत बिहिबार भएको आगलागीका पिडितलाई नेपाल तरुण दल क्षेत्र नं. १ देउखुरी अध्यक्ष किरण पौडेल तथा नेपाल दलित संघ क्षेत्र नं. १ देउखुरी सभापती प्रबल रसाइली, नेपाली काँग्रेस युबा नेता बिकास बुढाथोकी, नेपाली काङ्रेसका क्षेत्रीय प्रतिनिधि भुलन गुप्ता, नेपाल तरुण दल क्षेत्रीय वरिष्ठ उपाध्यक्ष किरण बिक्रम शाह सहितको टोलिले अग्नि पिडित ६ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।

प्रती परिवार २५ किलो चामल, ३ किलो दाल, १ किलो नुन र १ पोका खाने तेल सहयोग गरिएको नेपाल तरुण दल का क्षेत्र नं. १ का सभापति किरण पौडेलले बताए ।

गत बिहिबार बिधुतको तार सर्ट हुँदा कृष्ण बहादुर सुनार,भक्त बहादुर सुनार,बिनोद सुनार, ऋशी राना र बिष्णु रानाको घर गोठ जलेर नष्ट भएको थियो । साथै उक्त आगलागीबाट नेत्र गिरीको नगद सहत्तरी हजार रुपैयाँ जलेर खरानी भएको थियो।