२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

अस्पतालले उपचार गर्न नमान्दा बिरामीको मृत्यु

कैलाली,
२६ चैत ।
धनगढीमा अस्पतालले भर्ना गर्न नमानेपछि बिरामीको ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका २ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको उपचार नपाए मृत्यु भएको हो ।

बुधबार साढे ११ बजे धनगढीस्थित माया मेट्रो अस्पताल पुरार्‍याइएका भट्टलाई अस्पतालले भर्ना गर्न नमानेपछि केही घण्टा अस्पतालमै अलपत्र परेको उनको आफन्तले आरोप लगाएका छन् । मुटुको अप्रेसन गरेका भट्टलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । तर धनगढीका कुनै पनि अस्पताले भर्ना नलिएको भट्टको गुनासो छ ।

‘कुनै अस्पतालले भेन्टिलेटर छैन भने कसैले डाक्टर छैन भने,’ उनले भने , ‘कसैले भर्ना नलिएपछि हामिले गर ल्यायौ।’ घरमा पुर्‍याएको केही घण्टमै उनको मृत्यु भएको भट्टले बताए ।

माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले भने भेण्टिलेटर खाली नहुँदा भर्ना गर्न नसकिएको प्रतिक्रिया दिए। ‘डाक्टरले एम्बुलेन्समै गएर चेक गर्नु भएको हो अवस्था चिन्ताजनक भएपछि अन्यत्र लैजान सुझब दिनुभएको थियो,’ उनले भने ।