२०७९ मङ्सिर ११ गते आइतवार
२०७९ मङ्सिर ११ गते आइतवार

नुहाउन गएका खड्काको राप्तीमा डुबेर मृत्यु

प्रिया स्मृती गजमेर,
देउखुरी २६ चैत्र ।
राप्ती नदिमा डुबेर लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी २६ बर्षिय राजेश खड्काको मृत्यु भएको छ ।

आज बुधबार अपरान्ह चार बजेको समयमा राप्ती नदिमा नुहाउन गएको बेला डुबेर बेहोस भएका खड्काको लमही स्थित फ्लोरेन्स अस्पतालमा पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खीम बहादुर घर्ती मगरले बताए ।

मृतक खड्का घरदेखि आफ्नो भदै सङ्ग नुहाउन जान्छु भनेर गएका थिए । मृतक खड्काको एक श्रीमती तीन छोरी रहेका छन ।