२०८१ कार्तिक २६ गते सोमवार
२०८१ कार्तिक २६ गते सोमवार

लकडाउनले बर्दियाको पर्यटन प्रभावित

बर्दिया,
२७ चैत ।
कोरोना भाइरसका कारण प्रदेश नं ५ को प्रमुख पर्यटकीय केन्द्र बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ । बर्दियामा खुलेका ठूला तथा साना होटल अहिले लकडाउनका कारण सुनसान छन् ।

बर्दिया सदरमुकाम गुलरिया र पर्यटकीय केन्द्र ठाकुरद्वारामा सञ्चालित ठूला सुविधा सम्पन्न होटलको कारोवार अहिले शून्यमा झरेको गुनासो पर्यटन व्यवसायीले गरेका छन् । गुलरिया र ठाकुरद्वारा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई लक्षित होटल सुनसान रहेको होटल व्यवसायी संघ बर्दियाका अध्यक्ष तुलसी तिमिल्सेना बताउनुहुन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज भम्रणमा लकडाउनअघि आएका कतिपय विदेशी पर्यटक अन्तरराष्ट्रिय हवाई उडान रोकिएका कारण अलपत्र परेको अध्यक्ष तिमिल्सेना बताउनुहुन्छ । होटल बन्द हुँदा कामदार र कर्मचारीलाई तलव खुवाउन र बैंकको किस्ता तिर्न गाह्रो भएको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।