२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

कोहलपुर,
२७ चैत ।
बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर -११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा घोराही ६ घर भई कोहलपुर, एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ ।
अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।