२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बिजौरी,
२७ चैत ।
माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा एक युवकको मृत्यु भएको छ ।

बिजौरी निबासी ३७ बर्षका बलबहादुर थापाको मानपुरे कुलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो सवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर घाईते भएका थापालाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

कुलामा जोडेको विद्युतिय तार सर्ट भएका कारण करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए ।