२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

बबईमा राहत संकलन हुँदै, छिटै वितरण सुरु गरिने

अर्जुन परियार,
हापुरे २७ चैत ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसको नियन्त्रण तथा रोकथामको लागी बबई गाउँपालिकाले स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले राहत सहयोग गरेका छन् ।

बबई गाउँपालिका भित्रका गरिब तथा बिपन्न परिवारलाई राहत उपलब्ध गराउनको लागि स्थापना गरीएको राहत कोषमा राष्ट्रिय निजी तथा आबासिय बिद्यालय एसोसियसन एन प्याब्सन बबईले नेपाल बङ्गलादेश बैंक हापुरे शाखामा रहेको गाउँपालिकाको कोषको खातामा ३० हजार रुपैया जम्मा गरेको छ ।

त्यस्तै मोर्डन दिगदर्शन एकाडेमी बबई ६ पञ्चकुलेका प्रिन्सीपल नरेशकुमार बोहराको ब्यक्तिगत तर्फबाट ५ हजार पाँच सय रुपैयाँ गाउँपालिकाको राहत कोषमा जम्मा गरेका छन । एन प्याब्सन बबईका अध्यक्ष बालकृष्ण खत्रीले नगद जम्मा गरेको बैंक भौचर गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेललाइ हस्तान्त्रण गरे ।

एन प्याब्सनमा आबद्ध सदस्य बिद्यालयहरु पिपुल्स ल्यान्ड बोर्डिङ स्कुल, पुरन्धारा एभरेष्ट एकेडेमी, पुरन्धारा एकाडेमी, मोडर्न दिग्दर्शन एकेडेमी, पारिजात स्मृति बिद्यालय र नबज्योती जनता स्कुलले संयुक्त रुपमा गाउँपालिकाको राहत कोषमा पम्मा गरिएको बताइएको छ । त्यस्तै गाउँपालिकाको खाद्य बैंकमा पनि खाद्य सामग्रीहरु जम्मा हुने पक्रिया सञ्चालन भैरहेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ र राष्ट्रिय यूवा संगठन दाङले संयूक्तरुपमा १० क्विन्टोल चामल, स्वायबिन र तेल गाउँपालिकाकालाई हस्तान्त्रण गरेको छ । यूवा संगठनका जिल्ला अध्यक्ष देबु बस्नेत, शिक्षक संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेत तथा शिक्षक संगठन बबईका अध्यक्ष दुर्गाप्रसाद वलीको उपस्थितीमा उक्त सामग्री गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलाई हस्तान्त्रण गरिएको छ ।

त्यस्तै महिला सामुदायिक लघुबित्त बित्तीय संस्था घोराहीले पनि गाउँपालिकामा १० क्विन्टोल चामल हस्तान्त्रण गरेको छ ।

यसैबिच बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले कोभिड १९ का कारण परि रहेको समस्यालाई समाधान गर्न स्थानिय सरकारले चालेको अभियानमा सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यबाद दिएका छन । अप्ठ्यारो परिस्थीतीमा सरकार जनताको साथमा रहेको बताउदै अध्यक्ष पौडेलले कोरोना भाईरसको संक्रमणको जोखिमको न्यूनिकरण गर्न गरेको लकडाउनका कारण काम गरिखाने वर्ग मारमा परेकाले गाउँपालिकाले प्रकोप ब्यबस्थापन कोषको ब्यबस्था गरी गरिब तथा निम्न आयस्तरका नागरिकलाई राहत पुर्याउने संघ संस्थालाई धन्यबाद दिएका छन । उनले यो अभियानमा सहभागि भई राहत हस्तान्त्रण गर्न चाहानेले गाउँपालिकाको राहतकोषमा नगद जम्मा गर्न सक्ने समेत बताए ।

गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिका भित्रका गरिब जनताहरुको लागी राहत उपलब्ध गराउने कार्य केही ढिला भएको भए पनि वडाहरुको लगत संकलन कार्य आज मात्र सम्पन्न भएकाले अबको १/२ दिनमा नागरिकलाई राहत पुर्याउने कार्यमा लाग्ने बताए ।