२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

महिला सामुदायिकद्धारा एकै दिन २ लाखको राहत प्रदान

दाङ,
२७ चैत्र २७ ।
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही दाङले कोरोनाको कहर न्युनिकरणका लागि दाङका विभिन्न स्थानिय तहमा गरी एकै दिन दुई लाखको राहात प्रदान गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउनवाट समुदायले भोग्नु परेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले निरन्तर सहयोग प्रदान गर्दै आइरहेको छ ।

यसै क्रममा विहिवार मात्रै दुइ लाख राहात वितरण गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोमणी रेग्मीले जानकारी दिए । संस्थाले गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिकालाई गरी एक लाख ५० हजार नगद र बबई गाउँपालिकालाई १० क्वीइन्टल चामल गरी दुई लाख सहयोग प्रदान गरेको हो ।

कोरोना भाइरसका कारण भएको लकडाउनवाट समस्यामा परेका दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलवस्तु र रुपन्देही जिल्लाहरुमा सामुदायिक सचेतना प्रदान गरी सामाजिक सद्भाब बढाउने तथा बिपन्न परिवारको दैनिकीमा सरलता ल्याउने उदेश्यका साथ राहात प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकी दिएका छन्। बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीलाई संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारी ५० हजार, राप्ती गाउँपालिका प्रमुख नुमाराम पोख्रेललाई संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारीले ५० हजार, गढवा गाउँपालिका प्रमुख सहजराम यादबलाई संस्थाका लेखापाल निर्मला पाण्डेयले ५० अजार नगद प्रदान गरेका थिए ।

त्यसैगरी बबई गाउँपालिकाकालाई संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले प्रदान गरेका थिए । संस्थाको दाङका सवै तहलाई राहत प्रदान गर्ने संस्थागत निर्णय अनुसार बंगलाचुली गाउँपालिका वाहेक सवैलाई राहत प्रदान गरेको अधिकृत कुसारीले जानकारी दिए। बंगलाचुली गाउँपालिकालाई पनि छिट्टै राहत प्रदान गर्ने तयारी रहेको संस्थाका परिष्ठ प्रवन्धक पवन योगीले जानकारी दिएका छन्।