प्रिया स्मृती गजमेर,
देउखुरी २७ चैत्र । लमहीमा रहेको प्रभु बैंक शाखाले लमही नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ ।
दैनिकी ज्यालादारीमा निर्भर रहने र अति विपन्न बर्गका परिवारलाई पर्न गएको समस्यालाई ख्याल गरेर बैंकले राहत सहयोग गरेको हो । लकडाउनका कारण दैनिक ज्यालादारी काम गरेर खाने अन्न जुटाउने बर्गलाई सहज होस् भनेर लमही नगरपालिकामा खडा गरिएको कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा बिभिन्न सामाजिक संघ सस्थाले राहत सहयोग प्रदान गर्ने क्रम जारी छ ।
यसै बीच विहिवार बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत २५ बोरा चामल, ४ बोरा दाल, एक सय बिस पोका तेल र ५० प्याकेट नुन लमही नगरपालिकालाइ हस्तान्तरण गरिएको हो । लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, बैकका अन्य कर्मचारीहरुको रोहवरमा लमही शाखा प्रबन्धक तुल्सीराम पौडेले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई ती खाद्यान्नका सामाग्री हस्तान्तरण गरेका हुन् ।