२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

समाजवादी दाङद्वारा कोरोना महाविपत्ति समन्वय समिति गठन

दाङ,
२८ चैत ।
समाजवादी पार्टी नेपाल झण्डा दाङले कोभिड–१९ महाबिपत्ति समन्वय समिति गठन गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य हरि रिजालको संयोजकत्वमा भिडियो कलबाट बसेको बैठकले सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा रोकथामकालागि लकडाउन गरेको अबस्थामा पर्न सक्ने हरेक समस्या समाधानकालागि समिति गठन गरेको हो ।

उक्त समितिले जनतालाई परेका हरेक समस्या समाधानकालागि स्थानीय सरकारसंग समन्वय र सहयोग गर्नेछ । केन्द्रीय सदस्य रिजालका अनुसार होम प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यहरुमा भरतलाल चौधरी, गणेश पाण्डे, टोपबहादुर महतारा डिल्लीबहादुर डाँगी रहेका छन् ।

त्यस अवसरमा केन्द्रीय सदस्य रिजालले जिल्लाका हरेक तह र तप्काका नेता तथा कार्यकर्तालाई यस्तो समयमा जनताका हरेक समस्या समाधानकालागि खट्न समेत निर्देशन दिएका छ । लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका परिवारको पहिचान गरि उनीहरुलाई राहत प्रदानकालागि स्थानीय तहसंग समन्वय गर्न निर्देशन दिएका छन् ।