२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

३५ सय २४ जनामा कोरोना परिक्षण, ९ जनामा संक्रमण पुष्टि

काठमाडौं,
२८ चैत । सरकारले हालसम्म ३ हजार ५ सय २४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको र आजसम्ममा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा ६ सय ३० वटा नयाँ नमुना परीक्षण भएको बताएको छ। तीमध्ये काठमाडौ उपत्यकामा ४ सय एक र बाहिर २ सय २९ वटा नमुना परीक्षण गरिएको हो।

मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले परीक्षणको क्रममा रहेका नमुना परीक्षणको संख्या ८ सय बढी रहेको जानकारी दिए।

उनका अनुसार आजसम्ममा देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै आइसोलेशनमा रहेका १२५ मध्ये १५ जना काठमाडौंमा र बाहिर ११० जना रहेका छन्।