२०७७ असोज ८ गते बिहिवार
२०७७ असोज ८ गते बिहिवार

बबई गाउँपालिकाको खाद्य बैंकमा राहत थपिदै

अर्जुन परियार,
हापुरे २८ चैत ।
युबा फर प्रस्पोरेटी( युब) केन्द्रिय कार्यालय तुलसीपुरले बबई गाउंपालिकामा राहत सहयोग गरेको छ ।

कोरोना भाईरसबाट प्रभावित अति विपन्न तथा गरिव घरपरिवारलाई राहत दिेने उदेश्यले बबई गाउँपालिकामा स्थापना भएको खाद्य बैङकमा खाद्य सामाग्री सहयोग गरेको हो । युवा फर प्रस्पोरेटी तुलसीपुरले शुक्रबार ५ क्विन्टल चामल , एक गता तेल, २ दर्जन साबुन, २ बोरा दाल , २० पाकेट नुन लगाएतका सामग्री संस्थाका प्रतिनिधि तुलसीराम आचार्यले बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल तथा प्रमुख प्रशासकिय अधिकृत भिष्मकुमार मल्ललाई हस्तान्त्रण गरेका हुन ।

यसैबिच बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले कोभिड १९ का कारण भएको समस्यालाई समाधान गर्न स्थानिय सरकारले चालेको अभियानमा सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यबाद दिएका छन् ।