२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

चार भालुको आक्रमणबाट चौधरी घाईते

देउखुरी,
२८ चैत ।
दाङमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन । दाङको लमही नगरपालिका वडा नम्बर ८ निवासी बर्ष ४१ का भिम चौधरीलाई स्याउला काट्न गएको बेला चार वटा भालुले आक्रमण गरेको चौधरीले बताए ।

चौधरी नजिककैको जङलमा स्याउला काट्न जाँदै गर्दा चार वटा भालुले झम्टिएका थिए । चार वटा भालुसंग चौधरी कम्तिमा पनि पाँच मिनेट लडेका थिए । हातमा चौधरी सङ्ग खुर्पा र बन्चरो थियो ।

सोही घरेलु हतियार बाट उनले पनि सके जति आक्रमण गरेको बताए । भालुको आक्रमण बाट घाइते भएका चौधरीको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ।