२०७८ साउन १२ गते मङ्गलवार
२०७८ साउन १२ गते मङ्गलवार

तुलसीपुरको क्वारेन्टाइनबाट ५ जनालाई घर पठाईयो

तुलसीपुर,
२८ चैत ।
तुलसीपुर उपमहानगरपालिकाले बनाएको क्वारेन्टाइनमा वस्दै आएका ५ जना विदा भएका छन् । दुबर्इबाट आएका उनीहरुको स्वाब परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आउनुका साथै नेपाल आएको २१ दिन भइसकेकाले विदाई गरिएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

“उहाँहरुलाई क्वारेन्टाइनबाट विदाई गरेपनि १२ दिन घरमै क्वारेन्टाइनमा वस्ने भनेका छौ” केसीले भने । उनले स्थानीय स्वास्थ्यकर्मीबाट सबैजनाको नियमित स्वास्थ्य जाँच हुने र निगरानीमा रहने समेत जानकारी दिए ।

क्वारेन्टाइनमा रहेर नेगेटिभ रिपोर्ट आउनेहरुमा तुलसीपुर १४ ड्वाङ्गपुरका राजिव चौधरी, रामवहादुर सार्की र गंगाराम चौधरी, वडा नम्वर ६ का इश्वरी गैरै र वडा नम्वर ५ का नरेश दमाइ रहेका छन् । उनीहरुमध्ये चारैजना दुवइबाट आएका हुन् भने नरेश दमाइ नेपालमै रहेपनि राजिब चौधरीसँग रहेकाले क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा राखेर ढुक्क हुने अवस्था सिर्जना गरेकोमा सबैले उपमहानगरपालिकालाई धन्यवाद दिएका थिए । उनीहरुले तोकेको समयमा घरमै वसेर सहयोग गर्ने समेत वताए ।