तुलसीपुर,
२९ चैत । दाङको तुलसीपुरमा लकडाउनको समयमा खोलाजन्य वस्तु चोरी निकासी गरिरहेका पाँच टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले गएराति तुलसीपुर उपमहानगरपालिका वडा नं. १० वनगाउँस्थित पातुखोलाबाट ती पाँच टिपर नियन्त्रणमा लिएको हो।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले टिपरहरू नियन्त्रणमा लिइएको पुष्टि गरे। तर, संख्या उनले खुलाउन चाहेनन्।
‘चालक राति नै भागेपछि टिपर खोलामै थन्किएका छन्,’ एसपी भट्टराईले भने, ‘प्रहरीसँग चालक छैनन् र हामीले ल्याउन सकेका छैनौं।’
दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसी सुमित खड्काले टिपर नियन्त्रणबारे आफूलाई थाहा नभएको बताएको खबर सेतोपाटीमा प्रकाशित छ ।