तुलसीपुर,
२९ चैत । कोभिड १९ को संक्रमणबाट सर्तकता अपनाउन रातदिन खटिने सरक्षाकर्मीलाई तुलसीपुरका किसानले दूध उपलब्ध गराएका छन्
शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरलाई ५० लिटर र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई १ सय १० लिटर दूध उपलब्ध गराएको राष्ट्रिय पशुपालक दूग्ध उत्पादन समाज नगरकमिटी तुलसीपुरका अध्यक्ष लोकराज डाँगीले जानकारी दिए।
नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीले लकडाउनलाई पूर्णरुपमा पालना गराउन खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै उनीहरुको मनोवल बढाउन दूध उपलब्ध गराएको डाँगीले बताए । तुलसीपुरमा १६ बढी दूध उत्पादक किसानहरु संगठित भएका छन् ।
सुरक्षाकर्मीका लागि तुलसीपुर उपमहानगपालिकाका प्रमुख घनश्याम पाण्डे मार्फत दूध उत्पादक नगर कमिटी अध्यक्ष लोकराज डाँगीले हस्तान्तरण गरेको खबर न्युज24खबरमा प्रकाशित छ ।