२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोना भएनभएको थाहा पाउन अब दाङमै र्यापिड टेष्ट

दाङ,
२९ चैत ।
कोरोना संक्रमण भएनभएको थाहा पाउन अव दाङमै र्यापिड टेष्ट हुने भएको छ । खासगरी १४ दिन क्वारेन्टाइन बसेका शंकास्पदहरुमा र्यापिड टेष्ट गरिने भएको हो ।

र्यापिड डाइग्नोष्टिक टेष्टका लागि एक सय वटा किट आजै दाङ आइपुगेको कोरोना विशेष अस्पतालका सूचना अधिकारी कमल चन्दले जानकारी दिए ।अव तत्काल दाङमा क्वारेन्टाइनमा बसेकाहरु कति दिन बस्नु भएको छ त्यसको तथ्याङक लिएर १४ दिन पुगेकाहरुको र्यापिड टेष्ट गरिनेछ । त्यसका लागि प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्वन्धित क्वारेन्टाइनमै किटसहित पठाइने चन्दले जानकारी दिनुभयो ।

र्यापिड टेष्ट नेगेटिभ देखिए थप एकहप्ता क्वारेन्टाइनमा बसाउने र पोजेटिभ देखिए उसलाई आइसोलेशनमा राखेर स्वाव संकलन गरिी पिसिआर टेष्टका लागि बुटवल तथा काठमाडौ पठाउने व्यवस्था गरिएको चन्दले जानकारी दिए । उनका अनुसार अहिले दाङमा ४४ जना क्वारेन्टाइनमा रहेका छन । कीट थोरै भएकाले यसअघि १४ दिन क्वारेन्टाइन बसेकाहरुको भने परिक्षण गरिनेछैन । एउटा किटले एकजनामा टेष्ट गर्न सकिनेछ ।

केन्द्रीय सरकारले पठाएको उक्त किट चिनबाट ल्याएको र विश्व स्वास्थय संगठनले उक्त किट परिक्षणका लागि मान्यता नदिएको किट यहाँ प्रयोगमा ल्याइन लाएको भन्दै आलोचना समेत भइरहेको खबर नयाँ युगबोधमा प्रकाशित छ ।