२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रदेश ५ लाई अर्घाखाँची सिमेन्टको ५१ लाख सहयोग

बुटवल,
१ बैशाख।
अर्घाखाँची सिमेन्ट प्रालीले प्रदेश ५ सरकारद्वारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैँया बराबरको नगर सहयोग प्रदान गरेको छ । कम्पनीका संचालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई नगद चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश ५ का नागरिकको स्वास्थ्य रक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित ब्यक्तिहरुको उपचारका लागि प्रदेश ५ सरकारले सो कोष खडा गरेको थियो ।

“समुदायको हितप्रति सँधै सचेत यस कम्पनीले कोरोना भाइरसको विश्वमहामारीको आजको समयमा नेपाल सरकारद्वारा नागरिकको जीवनरक्षाका लागि थालिएको अभियानमा स्वयमको दायित्वबोध गरी सहयोग प्रदान गरेको हो,”कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

उनका अनुसार यसका अलावा कम्पनीको सिमेन्ट कारखाना रहेको रुपन्देहीको सियारी गाउँपालीकाद्वारा जनताका लागि राहतको ब्यवस्थापन गर्नका लागि संचालित कार्यक्रमका लागि कम्पनीले दुई लाख रुपैँया बराबरको आर्थिक सहयोग पनि प्रदान गरेको छ ।

कम्पनीले उपलब्ध गराएको सो रकम गाउँपालीकाद्धारा आर्थिक संकटमा परेका घरपरिवारको खाद्यान्नको लागिखर्च हुनेछ ।

यसका साथसाथै, अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पास्थित तिनाउँ गाउँपालिका र मचागढी गाउँपालीकाका बिपन्न बर्गका घरपरिवारका लागि कम्पनीले भोली र पर्सी गाउँपालिकाको समन्वयमा करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री वितरण गर्ने जनाएको छ ।

महाप्रबन्धक कार्कीका अनुसार परिवार सदस्य संख्याका आधारमा प्रति घरपरिवारलाई १० केजीचामल, २ केजी दाल, १ केजीनुन, १ केजी मस्यौरा, आधा केजी तेल र १ थान हात धुने साबुन प्रदान गरिने खबर अनलाईनखबरमा प्रकाशित छ ।