२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

लकडाउन ७ देखि १० दिन थप्ने तयारी

काठमाडौं,
२ बैशाख ।
कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए।

‘कम्तिमा ७ देखि १० दिन थप हुनसक्छ,’ उनले सेतोपाटीसँग भने, पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ। मंगलबार ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्न सक्छ।’

यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता कष्टपूर्ण हुन सक्ने बताएका थिए। उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

प्रधानमन्त्रीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओ कन्फरेन्स गरेका थिए। त्यस क्रममा सातै प्रदेशका मुख्यमन्त्रीले लकडाउन अझै कडा पारी समय बढाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले भारतीय सीमानामा कडाइ गर्नुपर्ने मागसमेत राखेका थिए।

फोटो : कुलदीप न्यौपाने