२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

तुलसीपुरको तरकारी बजार सिल, व्यवसायी क्वारेन्टाइनमा

तुलसीपुर,
२ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको तरकारी तथा फलफुल वजारमा भारतबाट ल्याइएको तरकारी तथा फलफुलको अवैध प्रवेश बढेपछि सिल गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ लगायतको अनुगमनबाट भारतीय तरकारी अवैध ढँगबाट भित्रिएको भन्दै सिल गरिएको हो । कोरोना संक्रमणको प्रकोप वढिरहेको समयमा पनि भारतबाट कुनै पनि प्रक्रिया पुरा नगरेर गाडी ल्याउने गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले जानकारी दिए । उनले स्थानीय सरकारले सर्वपक्षिय भेला राखेर भारतबाट तरकारी ल्याउन वन्द गर्ने भन्ने निर्णय गरेपनि त्यसको अवज्ञा गरेकाले सिल गर्नुपरेको वताए । उनले गाडी चालकबाट पनि संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर यस्तो कदम उठाइएको जानकारी दिए ।

हरेक दिन तरकारी वजारमा ५ वटासम्म भारतिय गाडीले तरकारी ल्याउने गरेका छन् । ‘तरकारी जस्तो अत्यन्त संवेदसिल कुरामा यस प्रकारको लापरवाही राम्रो होइन’ अध्यक्ष रावतले भने । उनको अनुसार तरकारी वजार ३ दिन सम्मका लागि वन्द गरिनेछ । उनले स्थानीय वजारमा प्रशस्त तरकारी आउने भएको भएपनि त्यसको बेवास्था गरेर अहिलेको अवस्थामा पनि भारतबाट तरकारी ल्याउन असुरक्षित भएको वताए ।

यसैविच भारतिय तरकारी र फलफुल विक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज फ्रुट हाउसका सञ्चालकलाई कारबाही गरिने भएको छ । सञ्चालक दुवैलाई संक्रमणको आशंकामा तुलसीपुरको क्वारेन्टाइनमा लगिएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।