२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

नक्कली बिरामी बोक्ने एम्बुलेन्स सहित ४ जना पक्राउ

तुलसीपुर,
२ बैशाख ।
लकडाउनको समयमा नक्कली बिरामी बोक्ने एम्बुलेन्स सहित ४ जना सल्यानमा पक्राउ परेका छन् । अन्य व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२ नरबरको एम्बुलेन्समा तुलसीपुर आउँदै गरेका लमही नगरपालिका–३ नारायणपुर बस्ने २९ बर्षका मिनराज सुवेदी, २३ बर्षको दिप्तु चौधरी, १८ बर्षका रबिन चौधरी र चालक शान्तिनगर गाउँपालिका २ बाघमारे बस्ने ३० बर्षका गिरीराज खत्रीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादेले जानकारी दिएका छन् ।

मानव परोपकार तथा समाज कल्याण केन्द्रद्धारा संचालित एम्बुलेन्सले उनिहरुलाई रुकुम पश्चिमबाट तुलसीपुर ल्याउँदै थियो । प्रकाश बुढाको नामको बिरामी पुर्जा लिएर आउँदै गरेको एम्बुलेन्स सहित चालकलाई प्रहरीले गएराति सल्यानको बाङ्गेलाकुरी स्थित सिमखोली प्रहरी चौंकीको चेकप्वाईन्टबाट नियन्त्रणमा लिएको हो ।